वर्षातमा सवारी चलाउँदा अपनाउनु पर्ने सुरक्षाका उपाय



काठमाडौँ : के तपाईँ वर्षातको समयमा सवारी चलाउँदै हुनुहुन्छ ? पानी परेर सडक भिजेको समयमा आफ्नो सवारी साधन लिएर सडकमा निस्कनु अघि विशेष ख्याल गर्नुपर्छ । 

वर्षातमा सवारी चलाउँदा अपनाउनु पर्ने सुरक्षाका उपाय

    – सवारी साधनको विशेषगरी वाइपर र हेड लाइट चेक गर्नुपर्छ ।

    – भिजिविलिटी कम भएको खण्डमा हेडलाइटको प्रयोग गर्नुपर्छ । 

    – सवारीको गति कम गर्नुपर्छ । 

    – पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ, अनियन्त्रित हुन सक्छ विशेष ख्याल गर्नुपर्छ । 

    – नजिकको सवारी र आफ्लो सवारीको दुरी बढाउनुपर्छ । 

    – सवारी चलाउँदा सडक भन्दा अन्त ध्यान मोड्नुहुँदैन।

    – मोबाइल फोनको प्रयोग गर्नुहुँदैन। 

प्रतिक्रिया दिनुहोस्