चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक



काठमाडौँ : वैशाख २७ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा मजदुरहरूको कथा व्यथालाई समेटिएको देख्न सकिन्छ।

चलचित्रमा कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरि, सुरजनी केसी, शिव शङ्कर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय,जयनन्द लामालाई मुख्य स्थान दिइएको छ।आरबि खत्री ‘शरद’ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा राम केसीको छायाङ्कन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राइको सङ्गीत, नवीन निरौलाको सम्पादन, शिव विक, राजीव समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ।

आरबी खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन्। पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए। 

प्रतिक्रिया दिनुहोस्