चट्याङ लागेर एक किशोरीको मृत्यु



अछाम : पानीसहित परेको चट्याङ लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ झडिगाउँकी १८ वर्षीया किशोरी हिउँकला बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी मेल्लेखका असई भोजबहादुर थापाले जानकारी दिए। उनलाई घाँस काट्ने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्