नेकपा सचिवालय बैठक सम्पन्न, १० दिनपछि पुनः बस्ने



काठमाडौं : नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । बालुवाटारमा जारी सचिवालय बैठक १० दिनपछि पुनः बस्ने गरी सम्पन्न भएको बताइएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सामान्य छलफल हुनुको साथै पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो ।

बैठकले पार्टी एकतालाई अक्षुण्ण राख्न अध्यक्षद्वयबीच थप घनीभूत छलफलको आवश्यकता महसुस गर्दै सहमतिको विन्दु पहिल्याउन निरन्तर संवाद गर्ने गरी १० दिनपछि पुनः बस्ने गरी सचिवालय बैठक सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्