बेरूजु फर्स्योटमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट, आईजीपी सम्मानित



काठमाडौं : बेरूजु फर्स्योट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट घोषित भएको छ। प्रहरी प्रधान कार्यालय र त्यस मातहतका निकायको बेरूजु फर्स्योटमा सर्वोकृष्ट स्थान प्राप्त गरेपछि गृह मन्त्रालयले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सम्मान गरेको छ । 

गृहमन्त्री रामबहदुर थापा ‘बादल’ले बिहिबार मन्त्रालयमा आयोजित एक कार्य्रकमबीच खनाललाई प्रशंसापत्र प्रदान गरे।

आर्थिक वर्ष २०७३/०७४ सम्मको बेरूजुमध्ये प्रहरी प्रधान कार्यालयले ८५ दशमलव १४ प्रतिशत फर्स्योट गरेको छ । गृहमन्त्री थापाले अबका दिनमा पनि बेरुजु फर्स्योटसहितका काममा सक्रिय रहन आग्रह गरे । 

आर्थिक वर्ष २०७३/०७४ सम्मको बेरूजु ६८ करोड ४१ लाख ७० हजार रुपैयाँमध्ये ५८ करोड २५ लाख १८ हजार रुपैयाँ प्रहरी प्रधान कार्यालयले फर्स्योट गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्