विप्लव निकट किसान संघका जिल्ला अध्यक्ष पक्राउ



पाल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन्। तानसेन नगरपालिका–८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय समस्य समेत रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएपछि उनलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जनाएका छन्।

गएको शुक्रबार पनि विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन, पाल्पाका अध्यक्ष विजय बुढामगरलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको थियो। बुढामगरमाथि पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्