भोट माग्न घर-घर जानेले कोरोना सम्बन्धी जनचेतना फैलाउन पनि जानुपर्छ : अध्यक्ष तिमिल्सिना



काठमाडौं : (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि घर–घरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगे जस्तै कोभिड रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घर-घरमा पुग्नुपर्ने बताए ।

राजनीतिक दलहरुले पनि आफ्ना भातृ संगठनहरुलाई परिचालन गरी गाउँ–गाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने उनले बताए । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथिसमेत बलियो आधार तयार हुने उनको भनाई छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताएका हुन् ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्