च्याम्पियन्स लिग ड्र : बार्सिलोना र लिभरपुलकाे भेट सेमिफाइनलमै



काठमाडौं : च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबल एसोसियसन (युईएफए) ले बिहीबार सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो। बुधबार राति सेमिफाइनल समिकरण पुरा भएसँगै युईएफएले ड्र निकालेको हो।

च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई इङ्लिस क्लब लिभरपुल र टोटेनह्यामसँगै स्पेनिस क्लब बार्सिलोना र नेदरल्याण्ड्सको क्लब आयाक्सले प्रतिस्पर्धा गर्ने छन्। जसमा फाइनल प्रवेशका लागि लिभरपुलले बार्सिलोना र टोटेनह्यामले आयाक्ससंग खेल्नेछ।

सार्वजनिक ड्र अनुसार सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र मे १ मा हुनेछ। यस्तै दोस्रो लेग मे ७ र ८ मा हुनेछ। सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले घरेलु मैदानमा लिभरपुलसँग मे १ मा खेल्नेछ। यस्तै मे ७ मा हुने दोस्रो लेगमा बार्सिलोनाले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ।

टोटेनह्यामले आयाक्ससंग घरेलु मैदानमा अप्रिल ३० मा पहिलो लेग खेल्नेछ। मे ८ मा हुने दोस्रो लेगमा टोटेनह्यामले आयाक्सको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्