नेता सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारमा नेपालद्वारा भर्त्सना



काठमाडौं : पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना गरेका छन् ।

नेता नेपालले विज्ञप्ति जारी गर्दै पार्टी काममा लागि रहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरे । ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवं भर्त्सना गर्दछु ।’

नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा आज (शनिबार) आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेको आरोप छ । नेकपामा दुई समूहबीचको विवाद जिल्लामा पनि देखिन थालेको छ ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहमा पढाइने पाठ्यक्रममा गौतम बुद्धबारे राखिएको गलत

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु