लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह एनसीबीको नियन्त्रणमा



काठमाडौं : लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नियन्त्रणमा लिएको छ।

एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्