सिरहामा कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट सिरहामा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत ५४ वर्षीय गौरीशंकर देवको शनिबार मृत्य भएको छ ।

७ दिनअघि कोरोना पोजेटिभ देखिएको अस्पताल भर्ना भएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । त्यस्तै १ सय ५ संक्रमित उपचाररत भने भने १८ सय २१ संक्रमणमुक्त भएका छन् । साथै कुल संक्रमित १९ सय ४६ छन् ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्