
एजेन्सी : भारतको लोकसभा चुनावमा दोस्रो चरण अन्तर्गत ६१ प्रतिशत भन्दा बढी मत खसेको छ । बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेमा चुनाव भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भारतीय संचार माध्यामले जनाएका छन् ।
कूल ५४३ लोकसभा सिट मध्ये बिहीबारको मतदानले ९५ सिटको टुङ्गो लगाउनेछ । ७ चरणमा भइरहेको चुनावमा मे १९ मा अन्तिम चरणको मतदान हुनेछ ।
मे २३ मा मत गणना हुने जनाइएकोे छ ।