महोत्तरीको एक हार्डवेयर गोदाममा भीषण आगलागी, १० करोड क्षति भएको अनुमान



बर्दिबास : महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा भीषण आगलागी भएको छ । आइतबार राति औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो ।

आगलागी भएको ४ घण्टापछि ५ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहायतामा आगो नियन्त्रणमा आएको थियो भने उक्त आगलागीबाट करिब १० करोडको क्षति भएको पीडितले बताएका छन् ।

आगो कसरी लागेको केही थाहा नभएको जेनरल स्टोरका सञ्चालक महेश साहले बताए । आइतबार साँझ ७ बजेर ३० मिनेटमा गोदामबाट धुँवा आएपछि आगलागी भएको थाहा पाएको साहले बताए ।

हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो । हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको छ भने लघुवित्तमा आंशिक क्षति भएको छ ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्