सेनालाई राजनीतिक भेटमा कडाइ



काठमाडौं : सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचार संहिता सेनाले तयार पारेको छ। बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको बताए। उनले भने, ‘जंगीअड्डालगायत सबै सैनिक अंगमा एक सातासम्म सैनिक आचार संहिताका कक्षा सञ्चालन हुनेछ।’ जंगीअड्डाले शुक्रबार सैनिक आचार संहिता संग्रह—२०७६ सार्वजनिक गर्दै छ।

आचार संहिता कार्यान्वयनपछि कुनै पनि विदेशी संघसंस्थाका अधिकारीले स्वीकृतभन्दा बाहेक सैनिक संगठनभित्र कक्षा सञ्चालन गर्न पाउने छैनन्। यस्तै स्वीकृतिबिना सैनिक अधिकारीले कूटनीतिक भेटघाट गर्न पाउने छैनन्। जंगीअड्डाको विदेश शाखाबाहेक अन्य शाखाबाट विदेशी नियोगलाई पत्राचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ। याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे अन्नपूर्ण पाेस्ट हेर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्