बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु



एजेन्सी : साउदी अरबस्थित एक सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएको छ ।

साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको मृत्यु भएको हो । उनी आफैँ अस्वस्थ थिए ।

अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ ।

शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए ।

इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्