आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)



काठमाडाैं : गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ।

दीपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुवेदीले लेखेका हुन्। 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ। गीतको भिडियोलाई राजीव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन्। जि २१ डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन्। 

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुई प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ। जवानीमा चिटिक्क पर्ने र आफूले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई जि २१ डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

अहिलेसम्म हेर्नेहरुले 'हेरन कान्छी'लाई राम्रो प्रतिकृया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्