कोलिनले बोके चोट, वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज गुमाउने



काठमाडौं : न्युजिल्याण्डका अलराउण्डर कोलिन डी ग्रान्डहोमले चोट बोकेका छन् । कोलिनको दाहिने खुट्टाको हड्डीमा समस्या देखिएको बताईएको छ ।

योसँगै उनले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । न्युजिल्याण्डले घरेलु मैदानमा वेस्ट इन्डिजसँग २ टेस्टको सिरिज खेल्नेछ ।

पहिलो टेस्ट डिसेम्बर ३ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्