कमल थापाको गृहजिल्लामा राप्रपा कार्यकर्तामाथि प्रहरीको लाठी



हेटौँडा : अध्यक्ष कमल थापाको गृहजिल्लामा हिन्दु राष्ट्र र राजतन्त्र माग्दै सडकका उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको छ । 

धर्मनिरपेक्षताविरुद्ध सडकमा उत्रिएका उनीहरुलाई प्रहरीले धरपकड गरी लखेटेको हो । सीमा चोकमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा २ जना घाइते भएको राप्रपाले जनाएको छ । 

राप्रपाले प्रदर्शनका क्रममा धर्मनिरपेक्षता लेखिएको ब्यानर र प्लेकार्ड जलाउने तयारी गरेका थिए । पार्टी कार्यालय सानोपोखराबाट निस्किएको राप्रपाको जुलुस सीमाचोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

प्रहरी र राप्रपा कार्यकर्ताबीच झडप भएपछि केहीबेर तनावग्रस्त भएको सीमाचोक अहिले शान्त भइसकेको छ । प्रहरीले लाठी हान्दा राप्रपाका जिल्ला नेता कृष्ण बिडारी र राईगाउँ निवासी कृष्ण खुलाल घाइते भएका राप्रपा नेता गुरुप्रसाद सापकोटाले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्