प्रशिक्षणका क्रममा भारतीय विमान अरब सागरमा दुर्घटना



काठमाडौं : भारतमा मिग-२९ प्रशिक्षक विमान अरब सागरमा दुर्घटना भएको छ ।

विमानमा सवार एक पाइलट सुरक्षित छन् भने एक जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मंगलबार मात्र भारत, अमेरिका, जापान र अस्ट्रेलियाले संयुक्त युद्ध अभ्यासमा यो विमान पनि सहभागी रहेको भारतीय नौसेनाले जनाएको छ ।

नौसैनिक अधिकारीका अनुसार बिहिबार साँझ ५ बजे अरबी समुद्री किनारमा मीग-२९ को प्रशिक्षक विमान समुद्रमा उडान भरेको थियो । नौसेनाले हराएको पाइलटको पत्ता लगाउन निगरानी विमान र जहाजहरू परिचालन गरेको जनाएको छ ।

घटनाको बारेमा उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिइएको जनाइएको छ । यो वर्ष मिग-२९ को यो तेस्रो दुर्घटना हो । गत फेब्रअरीमा प्रशिक्षणका क्रममा अर्को दुर्घटना भएको थियो । एजेन्सी

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्