मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार



काठमाडौं : मह जोडीका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विस २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा  गत शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कार साथै जनही ५० हजार रुपैयाँसमेत नगद दिइने घोषणा गरेको छ ।

विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान बनाएका कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्