कन्सर्ट हेर्न गएकी महिलाको बलात्कारपछि हत्या



मोरङ : पथरीशनिश्चरे नगरपालिका १ की २९ वर्षिया रिना बस्नेत नग्न अवस्थामा शनिबार बिहान मृत फेला परेकी छन्।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान घोप्टो परेको फेला परेकी थिइन्। मर्निङ वाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। 

स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्दै आएकी २९ वर्षीया रुपा बस्नेतको शव पसल अगाडि घोप्टो परेर नग्न अवस्थामा फेला परेको हो । महिलाका श्रीमान् युएईमा वैदेशिक रोजगारका क्रममा रहेका छन् । उनले १४ वर्षीय छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् ।

आमाछोरा शुक्रवार पथरीशनिश्चरे(१ को प्रस्तावित रंगशालामा कन्सर्ट हेरेर राति ११ बजे डेरातर्फ  आएका थिए। उनको शव नजिकै रगतसमेत बगेको देखिएको इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर कमल बजागाइँले बताए। बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ।

यद्यपि पोस्टमार्टम रिपोर्टबाट विस्तृत थाहा हुने प्रहरीले बताएकाे छ। प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्