ला लिगा : रियल र डिपोर्टिभोबीच प्रतिस्पर्धा हुने



काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिड र डिपोर्टिभो अलभेसबीच प्रतिस्पर्धा हुने भएको छ। रियल अलभेसबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

रियल ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने अलभेस १० खेलमा १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत आजै हुने खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियासँग खेल्नेछ । यस्तै अर्को खेलमा सेभियाले हुएस्कासँग तथा इल्चेले काडिजसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्