स्लो ओभर बलिङ गरेको भन्दै भारतका खेलाडीलाई आइसीसीको जरिवाना



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीका खेलाडीलाई कारवाही गरेको छ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले भारतलाई जरिवाना गरेको हो ।

सिड्नीमा भएको खेलमा स्लो ओभर बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको २० प्रतिशत जरिवाना गरेको हो ।

हिजो भएको खेलमा भारत अष्ट्रेलियासँग ६६ रनले पराजित भएको थियो । भारत र अष्ट्रेलियाबीचको दोस्रो खेल भोली (आइतबार) हुनेछ ।

प्रतिक्रिया दिनुहोस्