एक खेल अगावै न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज



काठमाडौं : न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । माउन्ट माउनगानुईमा आज भएको दोस्रो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ७२ रनले पराजित गरेको हो।

न्युजिल्यान्डले वेस्टइन्डिजसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको हो। बे ओभलमा न्युजिल्याण्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बताएको छ भने दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्