मनोज क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त



काठमाडौं : नेपाल क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले बन्द प्रशिक्षण सुरु गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट मुक्त भएसँयै उनीहरु बन्द प्रशिक्षणमा सामेल भएका हुन् ।

बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनीको रोपोर्ट नेगेटिभ आएको छ भने युवा क्रिकेटर सन्दीप लामिछानेको रिपोर्ट भने पोजेटिभ नै आएको छ।

यस्तै मनोज कटवाल राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

क्यानले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्