विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा पवन पुन निर्वाचित



काठमाडौं : नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषदको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

भर्चुअलबाट भएको परिषद्को २२ औं साधारण सभाबाट घिमिरे दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।यस अघि उनी सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

घिमिरेले दक्षिण अफ्रिकाका मनि मोथिलाललाई ६/३ भोटले हराएर दोस्रो पटक कोषाध्यक्ष चयन भएका हुन् । परिषद्को नयाँ अध्यक्षमा पाकिस्तानका सायद सुल्तान शा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्