मुलुकभर मिर्गाैला रोगी बढ्दै, कारण यस्तो छ



काठमाडाैंः देशभर मिर्गाैला समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ। सरकारले मिर्गाैलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना नअपनाउँदा मिर्गाैलाप्रभावितको संख्या बढ्दै गएको हो।

नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुन न कुनै रूपमा मिर्गाैलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। आजको राजधानी दैनिकमा प्रशान्त वलीले यो खबर लेखेकी छन्। बर्सेनि ३ हजार मिर्गाैला फेल भएका नयाँ बिरामी हालसम्म १ हजार ३१७ जनाको मिर्गाैला प्रत्यारोपण भएको सरकारी तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्