वर्षाका कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल रद्द, सिरिज न्युजिल्याण्डको पोल्टामा



काठमाडौं : वर्षाका कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल रद्द भएको छ ।

माउन्ट माउनगानुईमा आज हुने खेल वर्षाका कारण खेल रद्द भएको हो। वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो । अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २-० ले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्