मंगलबार र बुधबार उपत्यका यी स्थानमा विद्युत् सप्लाइ बन्द हुने



काठमाडौं : नेपाल विद्युत प्राधिकरणले मंगलबार र बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा बन्द गर्ने भएको छ ।

बालाजु वितरण केन्द्रले मंगलबार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सेवा बन्द गर्न लागिएको हो ।

आज बिहान ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सेवा बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो ।

रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द सूचनामा उल्लेख छ ।

यस्तै वानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ । मंगलबार र बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने वानेश्वर वितरण केन्द्रले जनाएको छ ।

माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो । निर्धारित समयमै विद्युत सुचारू गरिने पनि केन्द्रहरूले बताएका छन् ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्