नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको सचिवालय बैठक अन्तिम समयमा आएर ‘सुरक्षा थ्रेट’ देखाउँदै बालुवाटारमै बस्ने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो १ः३० बजेबाट नेकपा सचिवालय बैठक शुरु भएको हो ।

आजको बैठकमा यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले र कात्तिक २८ गते प्रचण्डले आ–आफ्नो प्रस्ताव पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका थिए । उनले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्