टीकापुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु



धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका वडा नं.१ मा गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका ६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए । चालक टीकापुर नगरपालिका १ का टेकबहादुर बिष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :१७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्