चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण



काठमाडौं : चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ ।

मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्किनेछ । चाङ्गे ५ नाम दिएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको थियो ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु सार्वजनिक भएको छ । यानले चन्द्रमामा ढुंगाका नमूना संकलन गरेको छ । यान चन्द्रमामा अवतरण गर्ने क्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्छ ।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकाँक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।

चीनले हाल मंगलग्रहको खोज र अनुसन्धानका लागि यान प्रक्षेपण गरिसकेको छ । चीनले चाँडै मानवरहित यान चन्द्रमामा उतार्ने योजना बनाएको छ । यस पटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गरी डिसेम्बरको मध्यतिर उत्तरी चीनमा अवतरण गर्ने छ ।

उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमूना प्राप्त हुनेछ । यी नमूनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ ।

प्रकाशित :१७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्