पौडेल पक्राउको विरोधमा काठमाडौंमा नेविसंघको प्रदर्शन



काठमाडौं : नेपाली काँग्रेस निटक नेपाल विद्यार्थी संघले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार साँझ काठमाडौंका माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिले गरेको प्रदर्शनमा नेताहरुले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए ।

नेविसंघ महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गरे ।

नेविसंघका नेताहरुले तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको पनि दाबी गरे । लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने समेत उनीहरुले चेतावनी दिए ।

तनहुँको व्यास नगरपालिका-१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमो पक्राउ वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको थियो । उनलाई ३ घण्टा नियन्त्रणमा राखेर साँचm रिहा गरेको थियो ।

यसैबीच नेपाली काँग्रस तनहुँले पार्टीका वरिष्ठ नेता पौडेलको गिरफ्तारी घटनाको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

प्रकाशित : १७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्