शंखपार्कमा एक पुरुषको शव भेटियो



काठमाडौँ । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्