१०९६ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९६ कोरोना संक्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप १७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५ सय ३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

आज १ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित :२१ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्