कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । सोमबार थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

यस्तै सोमबार एकैदिन १६ सय २८ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४ प्रतिशत हो ।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार ६ हजार २२० स्वाब नमूना परीक्षण गराउँदा १ हजार १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७७

प्रतिक्रिया दिनुहोस्