सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिकको निधन



काठमाडौं : नेपालको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिकको निधन भएको छ ।

सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षका उमेरमा सोमबार निधन भएको हो ।

बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए । सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए । यो मार्गबाट सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ ।

सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको लागि लकडाउनम हजारौं पाउण्ड रकम जुटाएका थिए ।

स्रोत : बीबीसी
प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्