नेपालको प्रविधि र क्षमताको चर्चा हुनेछ- मन्त्री अर्याल



काठमाडौं– भूमि सुधार तथा गरिबी निवारण मन्त्री पद्म कुमारी अर्यालले सगमाथाको नयाँ उचाईसँगै नेपालको सम्मान र स्वाभिमान पनि बढेको उल्लेख गरेकी छन् ।

मंगलबार मीनभवनमा आयोजित सगरमाथाको उचाई घोषणा तथा सम्मान समारोहमा बोल्दै उनले सो बताएकी हुन् ।

साथै उनले विश्व किर्तिमानी पनि कायम गर्न सकेको बताउँदै नेपाललाई गरिव भन्नेहरूले अबको दिनबाट नेपालको प्रविधि र क्षमताको चर्चा गर्ने बताइन् ।

उनले भनिन्– ‘नेपाल गरिव छ भन्नेहरूले अब हाम्रो प्रविधि र क्षमताको चर्चा गर्नेछन् । हामी परनिर्भताबाट मुक्त भएका छौं ।’

नेपालका प्रतिनिधिसहितको सगमाथामा नयाँ उचाई मापन इतिहास निमार्णको अवसर भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्