श्रीलंका बम विस्फोटमा भाग्यले बाँचेकी बलिउड अभिनेत्री



एजेन्सी :  श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटमा मर्नेको संख्या २९० भन्दा बढी पुगेको छ। मर्नेमा भारतीय राजनीतिक दल जेडीएस(जनता दल सेक्युलर) का दुई नेता पनि भएका भारतीय सञ्चालरमाध्यमले जनाएका छन्। 

कुल ३३ विदेशी नागरिकको ज्यान गएको त्यहाँको सरकारले पुष्टि गरिसकेको छ। ५०० भन्दा बढी मानिस ती विस्फोटहरुमा घाइते भएका छन्। यस घटनाको प्रत्यक्षदर्शी तथा उक्त बम हमलामा दक्षिण भारतीय अभिनेत्री राधिका सरथकुमारले आफू मुस्किलले बाँचेको बताएकी छन्। 

जुन होटलमा उनी बसेकी थिइन्, उक्त ठाउँलाई नै आत्मघातीहरुले निशाना बनाएका थिए। तर, बम विस्फोट हुनु केहीअघिमात्र उनी उक्त होटल छाडेर आफू बाहिरिएको भारतीय सञ्चारमाध्यमसामु उनले बताएकी छन्। ‘यदि म त्यहाँ केही समय बसेको भए, सायद बाच्दिनँथे होला। तर केही समयअघि नै मैले त्यो होटेल छोडेर गएँ,’ उनले भनिन्। 

राधिकाले ट्वीटरमार्फत पनि यसबारे जानकारी दिएकी छन्। उनले ट्वीटरमा लेखेकी छन्– श्रीलंका बम विस्फोटमा, ईश्वरले सबैको रक्षा गरून्। म अहिले कोलम्बो सिनामन ग्रान्ड होटरबाट चेक आउट भएँ, यो होटलमा पनि हमला भएको थियो। मलाई विश्वास लागिरहेको छैन, यस्तो भयो। 

 

प्रतिक्रिया दिनुहोस्