भारत लाेकसभा निर्वाचन : शीला दीक्षित भर्सेस मनाेज तिवारी



एजेन्सी : लोकसभा निर्वाचनका लागि कांग्रेसले सोमबार दिल्लीका सातमध्ये ६ सिटमा उम्मेदवारी घोषणा गरेको छ। उत्तरपूर्व दिल्लीबाट पूर्व मुख्यमन्त्री शीला दीक्षितलाई कांग्रेसले उतारेको छ। उनको प्रतिस्पर्धी भारतीय जनता पार्टीका उम्मेदवार तथा कलाकार मनोज तिवारी छन्। 

यस सिटमा तिवारीले २००९ र २०१४ मा लोकसभा निर्वाचन जितिसेकेका छन्। आम आदमीले भने यस सिटमा दिलीप पाण्डेलाई उठाउने भएको छ। त्यस्तै कांग्रेसले उत्तपरप्रदका तीन लोकभा सिटमा पनि उम्मेदवारी दिएको छ। 

उम्मेदवार घोषित भएपछि दीक्षितले भनिन् ‘म आफु्नो जिम्मेवारी निभाउने पूरा कोशिस गर्नेछु, म यहाँ पहिले पनि उम्मेदवार थिएँ, यहाँका मान्छेले मलाई राम्रोसँग चिन्छन्, म मान्छेको काम कसरी गर्ने भन्ने जान्दछु।’

 

प्रतिक्रिया दिनुहोस्