सर्लाही : पार्टीले दिएको जिम्मेवारी नेकपा सर्लाही जिल्ला सचिव डाचावाराम वाग्लेले अस्वीकार गरेका छन्।
हिजो सोमबार नेकपा स्थापना दिवसको अवसरमा नेकपाले जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको थियो। पार्टीले दिएको उक्त जिम्मेवारी आफूलाई मान्य नहुने उनले बताएका छन्।
सोमबार साँझ पत्रकारहरुसँग बोल्दै नेता वाग्लेले केन्द्रीय कमिटीको उपहास नै हुने गरी आफूलाई प्रदेश सदस्यको मातहतमा राखिएको गुनासो गरेका छन्। उनले भने, ‘केन्द्रीय कमिटीकै उपहास गरिएको छ’, मैले सचिव पद अस्वीकार गर्ने निर्णय लिएको छु ।’
सोमबार दिउँसो घोषित सूचीअनुसार सर्लाही अध्यक्षमा प्रदेश कमिटी सदस्य रेवती पन्त तथा सचिवमा केन्द्रीय सदस्य डाचाराज वाग्ले छानिएका थिए। साथै उनले पत्रकार सम्मेलनमार्फत
पार्टीले उक्त निर्णय नसच्याए समानान्तर कमिटी गठन गर्ने समेत वाग्लेले चेतावनी दिएका छन्।