ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत



ललितपुर : ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटक–पटक जबरजस्तीकरणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ ।

पक्राउ परेका युवालाई हिरासतमा लिई थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७७

प्रतिक्रिया दिनुहोस्