भारतमा तेस्रो चरणको चुनाव : प्रधानमन्त्री मोदीले हाले भाेट



एजेन्सीः भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान भइरहेको छ।  प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन्। लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन्। 

मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको फैसला हुनेछ। भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानम छन्।

मंगलबार १५ राज्यका ११७ सिटमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ। जसअन्तर्गत गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्