चोरीको मोटरसाइकलसहित २ जना पक्राउ



जनकपुरधाम : महोत्तरी प्रहरी जिल्लाका विभिन्न स्थानबाट दुई मोटरसाइकल चोरलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। जिल्लाको औरही ४ स्थित कठुआर बजारबाट सम्सीतर्फ जानेबाटो चेकजाँचका क्रममा इलाका प्रहरी चौकी गौशालाबाट खटिएको प्रहरी टोलीले चोरी भएको ज६प १७३४ नम्बरको प्लाटिना मोटरसाइकलसहित रामगोपालपुर नगरपालिका ४ निवासी बलेश्वर मुखियालाई पक्राउ गरेको छ।

औरही नगरपालिका ५ बस्ने रामविनय मुखियाको गएको भदौ महिनामा सो मोटरसाइकल हराएको थियो। मुखिया जिप्रका महोत्तरीमा मोटरसाइकल खोजीका लागि जाहेरी समेत दिएका थिए। त्यस्तै सोमबार सम्सी बजारबाट चोरी भएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन्।

सो मोटरसाइकल चोरीको आरोपमा गौशाला ४ रजखोर निवासी रञ्जित सहनीलाई पक्राउ गरिएको जिप्रका महोत्तरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई नियन्त्रण लिई जिल्ला अदालतबाट म्याद थप अनुसन्धान प्रक्रिया अघि बढाइएको समेत जिप्रका महोत्तरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्