के हो बर्ड फ्लु? कसरी सर्छ यो?



काठमाडाैंः एभियन इन्फ्लुइन्जा, जसलाई सामान्य भाषामा एभियन फ्लु या बर्ड फ्लु मात्र भनिन्छ। यो एक किसिमको घातक इन्फ्लुइन्जा हो। जुन चरा प्रजातिमा अभ्यस्त भाइसरका कारण हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बर्ड फ्लु स्वाइनफ्लु, कुकुरफ्लु, घोडाफ्लु र मानवफ्लुसँग मिल्दोजुल्दो हुन्छ।सामान्यतया बर्ड फ्लु बिरामी चराको सम्पर्कबाट मानिसमा सर्छ। कुखुराजन्य दुषित उपकरणका कारणसमेत अप्रत्यक्ष रुपमा सर्न सक्छ।

उच्च घातक क्षमताको भाइरस कुखुरामा सरेको २८ घन्टाभित्र त्यसले पूरै बथान नष्ट गर्न सक्छ।रोग नियन्त्रण गर्न प्रत्येक कुखुरा पालकसँग ठोस कार्यविधि तथा योजना हुनुपर्छ।

कुखुराका बथानलाई काँठे कुखुरा, हाँस तथा जंगली चरासँग लसपस हुनबाट बचाउनुपर्छ।आफ्नो फार्ममा बिरामी कुखुरा भएको शंका लागेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्