शाकाहारी खानामा प्रोटिन र भिटामिनको मात्रा प्रशस्त



काठमाडाैंः शाकाहारीलाई सबैभन्दा स्वस्थकर खानाका रूपमा लिइन्छ । तर, धेरैले भन्छन् कि शाकाहारी भोजनमा प्रोटिन र भिटामिनको कमी हुने पनि गर्छ । तर, त्यस्ता भनाइ भ्रम हुन् :

शाकाहारी खाद्यपदार्थमा प्रोटिनको कमी हुन्छ भन्ने भ्रम छ । तर, सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ ।

टोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपूर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ । कतिपयले शाकाहारी खानामा आइरनको कमी भएको बताउँछन् । तर, त्यसो होइन । पालक, बिन्स र टोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ । बरु, मासु खाने मानिसको शरीरमा आइरनको कमी हुने सम्भावना हुन्छ ।

सकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२ को कमीले हो ।

यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो । पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । रिसर्चले भनेको छ कि शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले मानिसको पेट भरिराख्न सहयोग पु-याउँछ । यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ ।

धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानाबाट बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ । यसमा पनि कुनै सत्यता छैन । तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा पनि हो ।

प्रतिक्रिया दिनुहोस्