यौन जीवनलाई यसरी व्यवस्थित बनाउनुहोस्



मानिसले आफ्नो जीवन उत्कृष्ट बनाउन यौन जीवनलाई पनि व्यवस्थित र सुखमय बनाउन सक्नुपर्छ। यसका लागि मानिसले ससानो कुरामा ध्यान दिन सक्नुपर्छ। नभए जीवन नै अस्तव्यस्त हुन्छ। मानिसलाई चाहिने आवश्यक पूर्तिभित्र यौनसुख पनि पर्छ। तर, यौन जीवन सफल नहुँदा पूरै जीवनमा त्यसको असर परिरहेको हुन्छ। 

त्यसो भए के गर्ने त ? 

१. सरसफाइमा ध्यान दिने

अन्तरंग पललाई विशेष बनाउन आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुपर्छ। छालालाई नरम बनाउन समयसमयमा मसाज गर्नुपर्छ। सफा र चम्किलो छालाको स्पर्सले मात्र पनि तपाईको पार्टनरलाई कामोत्तेजित बनाउँछ।

यौनसम्पर्कको क्रममा हरेक मानिसले आफ्नो यौनसाथीलाई सफा र ताजा देख्न चाहन्छन्, किनभने यसले यौनक्रीडाको आनन्द दुई गुणा बनाइदिन्छ। त्यसैले बेडमा जानभन्दा पहिले थकान र तनाव टाढा राखेर फ्रेस देखिने कोसिस गर्नुहोस्।

३. साहसिक प्रेमी

यौनकार्य पनि अफिसको काम जसरी नै गर्नुहुन्छ वा यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न। साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नु हुन्न।

राम्रो यौन साथी बन्न आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस्। यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस्, मायालु खेल खेल्नुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस्। यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ।

हप्ताभर कामको थकानपछि एक पल भए पनि रमाइलो गर्नुहोस्। साथै दैनिक एकै काम गर्ने हो भने त्यो निरस लाग्न लाग्छ। यसैले छुट्टीको दिनको भरपूर फाइदा उठाएर यौन जीवनलाई रोमाञ्चक बनाउन नयाँ नयाँ तरिका अपनाउनुहोस्।

४. पार्टनरलाई पहल गर्न सिकाउनुहोस्

आम रुपमा महिलाहरुले यौनसम्पर्कको लागि पहल गर्न हच्किन्छन्,केही नयाँ कुरा प्रयास गर्न पनि रुचि देखाउँदैनन्। जसले उनीहरु पूर्णरुपमा यौनको मजा लिन पाउँदैनन्। यदि तपाईं आफ्नो बोरिङ यौनजीवनमा प्रेमको नयाँ रंग भर्न चाहनुहुन्छ भने पार्टनरलाई यौनसम्पर्कको लागि पहल गर्न सिकाउनुहोस्। तपाईंको यो नयाँ तरिका उनलाई पक्कै मन पर्छ। 

यौनकार्यमा नयाँ परीक्षण गर्ने बारेमा सोच्ने मात्रै होइन त्यसलाई पालना पनि गर्नुहोस्। तपाईंको सकरात्मक पहलले तपाईंको पार्टनरलाई पनि यौनसम्पर्कको लागि उत्तेजित गर्छ।

५. कल्पना सेयर गर्नुहोस्

राम्रो यौनसाथी तिनै हुन जसले आफ्नो साथीसँग अन्य कुराको साथै सेक्सुअल फेन्टासी पनि सेयर गर्छन्। आफ्नो सेक्सको चाहना र फेन्टासी पार्टनरसँग सेयर गरेर तपाईंले यौनजीवनको भरपूर आनन्द उठाउन सक्नुहुन्छ।

सेक्सुअल फेन्टासी अर्थात यौनको कल्पनाहरुलाई वास्तविकता बनाएर यौनक्रियालाई रुचिपूर्ण बनाउन सकिन्छ। तर, एउटा कुरा के ख्याल गर्नुस् भने सफल यौन जीवनको लागि जोडीबीच कुराकानी हुनु अत्यधिक आवश्यक छ

आफ्नो सेक्सुअल फेन्टासीलाई पार्टनरसँग छलफल गर्न सक्नुहुन्न भने त्यसलाई कुनै कागजमा लेख्नुहोस, रेकर्ड गर्नुहोस् वा च्याटमा पठाउनुहोस्। तर, यस कुराको ध्यान राख्नुहोस कि यी चीजहरु पार्टनरसम्म सही समयमै पुग्नुपर्छ अर्थात विस्तरामा जानुभन्दा पहिले नै।

प्रतिक्रिया दिनुहोस्