महोत्तरीमा करेन्ट लागेर फेरी एक युवकको मृत्यु 



महोत्तरी : वितेको एक हप्तामा मात्र महोत्तरीमा करेन्ट लागेर दुइको मृत्यु र अन्य दुइ घाइते भएका छन् । आइतबार महोत्तरीको जलेश्वर नगरपालिका- ५ मा करेन्ट लागेर मृत्यु भएको छ ।

 

 मृत्यु हुनेमा महोत्तरी बिसनपुरका १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा राउतको विद्युत् चुहावट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएको राउतलाई तत्काल उपचारका निमित्त महोत्तरीको जलेश्वर अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा राउतको मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ । 

 

चार दिन पूर्व  महाेत्तरीकाे अाैरही नगरपालिका- ९ का ४० वर्षिया मीना देवीकाे करेन्ट लागेर मृत्यु भएकाे थियो भन्ने  मृतक मीनाका श्रीमान सुरेश सहनी र भतिजा राजा सहनी घाइते भएको थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जनाये अनुसार वितेको एक हप्तामा मात्र महोत्तरीमा २ को मृत्यु र अन्य दुइ घाइते भएको हो । 

प्रतिक्रिया दिनुहोस्