थप ५ सय जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ ।

यसैगरी शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३६९ सय जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७७

प्रतिक्रिया दिनुहोस्