च्याउ फममा आगलागी हुँदा ३३ लाखको क्षति



कपिलवस्तुः शिवराज नगरपालिका-५ चन्द्रौटामा रहेको सृष्टि च्याउ फममा आगलागि हुँदा ३३ लाख बराबरको क्षति भएको छ ।

च्याउफममा लागेको आगोले फमका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको र आगालागीका कारण करिब ३३ लाख बराबरको क्षति भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए ।

‘हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो’, सुवेदीले भने । फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो ।

बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएको सञ्चालक सुवेदी बताए । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः ११ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्